+
+

नेपाली क्रिकेट खेलाडीलाई ‘एक्पोजर’को खाँचो छ : प्रशिक्षक वाटमोर

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १४:१३
फाइल तस्वीर

४ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरले अन्तर्राष्ट्रिय खेलको अनुभव धेरैभन्दा धेरै पाएको खण्डमा नेपाली टोलीले राम्रो गर्न सक्ने बताएका छन् ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले ओमानसँग ऐतिहासिक जित निकालेपछि  मुख्य प्रशिक्षक वाटमोरले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको   र ‘एक्सपोजर’को खाँचो रहेको बताए । त्यसका लागि नेपाल क्रिकेट संघले जतिसक्दो धेरै खेल आयोजना गरेर खेलाडीले खेल्ने वातावरण बनाउनुपर्ने प्रशिक्षकबाट राजीनामा दिइसकेका वाटमोरको सुझाव छ ।

नेपाली टोली अहिलेको क्षमताभन्दा माथि उठ्न बलियो टिमसँग खेल्न आवश्यक रहेको उनले औंल्याए ।

ओमान भ्रमणको क्रममा नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने ओमानसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । अमेरिकासँग दोस्रो खेलमा भने नेपाल ६ विकेटले पराजित हुन पुगेको थियो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आठौं खेलमा सुखद जित निकालेको नेपाल तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?