+
+

पीएसजीका प्रशिक्षकले खुलाए मेस्सीलाई सब्सिच्युट गर्नुको कारण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १४:१९

४ असोज, काठमाडौं । अहिले पेरिस सेन्ट जर्मन (पीएसजी)को टोलीमा धेरै अन्योल देखिएको छ । आइतबार पीएसजीले लियोनलाई २–१ गोलले हराएको खेलमा स्वयं लिओनल मेस्सी अन्योलमा परे ।

प्रशिक्षक माउरिसिओ पोचेचिन्होले ७५ औं मिनेटमा मेस्सीको स्थानमा अश्रफ हाकिमीलाई मैदान प्रवेश गरेका थिए । मैदान छाडेर बेञ्चतिर अघि बढ्दा अर्जेन्टिनी स्टार मेस्सीको अनुहारको भावभंगीले प्रशिक्षकको निर्णयले अन्योलमा परेको प्रश्न देखिन्थ्यो ।

त्यो समयमा पीएसजी लियोनसँग बराबरीको अवस्थामा थियो ।

पीएसजीका लागि तेस्रो खेल खेलिरहेका मेस्सीले खेलको पहिलो हाफमा राम्रो खेलेका थिए । तर दुवै टोलीबाट गोल हुन सकेन । दोस्रो हाफको शुरुमै लियोनले गोल गर्‍यो भने ६६ औं मिनेटमा पाएको पेनाल्टीमा पीएसजीका नेइमारले बराबरी गोल फर्काए ।

खेलपछि पीएसजीका प्रशिक्षक माउरिसिओ पेचटिन्होले मेस्सीलाई सब्सिच्युट गर्ने निर्णयबारे स्पष्टीकरण दिएका छन् ।

‘हामीले मेसीलाई बाहिर निकाल्ने निर्णय सम्भावित चोटबाट बचाउन गरेका थियौं । किनकि आगामी दिनमा निकै महत्वपूर्ण खेल खेल्न बाँकी छ र हामीले उनलाई चोटबाट बचाउनु पर्छ,’ उनले भने ।

एजेन्सीहरुको सहयोगमा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?