+
+

अन्‍नपूर्ण मसला उद्योगका सञ्‍चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १२:११

५ असोज, पर्सा।  प्रतिलिपि अधिकार ऐनविरूद्ध कसुर गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-८ बस्ने अन्‍नपूर्ण मसला उद्योगका सञ्‍चालक ३० वर्षीय रोहित साह कानु रहेका छन् ।

उक्त मसला उद्योगमा बढी नाफा कमाउने उद्देश्‍यले आफ्नो उद्योगको मसलाहरूमा चाटकर बिएमपी स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगञ्ज महानगर तथा अन्य स्थानहरूमा विक्री वितरण गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले अन्नपूर्ण मसला उद्योगमा तलासी गर्दा चाटकर बिएमपी स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलिङ गरेका मसला ६ सय ५४ पोका, कच्चा मसलाहरू १० बोरा, मसला पिस्ने मेसिन १ थान र चाटकर उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलहरू बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ प्रतिलिपि अधिकार ऐन, २०५९ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?