+
+

चकटीभित्र राखेर चरेस ओसारपसार, ९ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १४:२४

५ असोज, काठमाडौं । हस्तकलाका सामानभित्र लागूऔषध चरेस राखेर ओसार पसार गर्ने गिरोहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । उनीहरुले चकटीभित्र चरेस राखेर हस्तकलाको सामानको रुपमा विदेश पठाएको व्यूरोका अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?