+
+

वृज एक्सपर्ट मेसन क्लवमा आवद्ध सदस्यको परिवारलाई ५ लाख रुपैयाँ सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १४:५८

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले वृज एक्सपर्ट मेसन क्लबमा आवद्ध निर्माणकर्मीहरुलाई बिमासहितको थप सुविधा प्रदान गरेको छ ।

सोही सुविधाअनुसार कम्पनीले क्लबमा आबद्ध सदस्यको पीडित परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । घरले च्यापेर गत जेठ ८ गते क्लवका सदस्य प्युठानको नौबहिनी गाउँपालीका-१ स्याउलीवाङका ३९ वर्षीय बोमबहादुर मल्लको मृत्यु भएको थियो । बोमबहादुरसँगै उनकी श्रीमती र एक छोराको पनि घरले च्यापेर मृत्यु भएको थियो ।

कम्पनीका एरिया सेल्स म्यानेजर नारायण जीसीले मृतक बोमबहादुरकी छोरी कुमारी मल्ललाई ५ लाखको चेक हस्तान्तरण गरेका थिए । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले वृज सिमेन्ट एक्सपर्ट मेसन क्लब स्थापना गरी क्लबमा आवद्व सदस्यहरुको ५ लाख बराबरको बिमा योजना अगाडि बढाएको छ ।
देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम गर्दै निर्माणकर्मीहरुलाई “एक्सपर्ट मेशनक्लब”मा आवद्ध गरेर बिमासहितका थप सुविधाहरु प्रदान गर्दै आएको वृज सिमेन्ट कम्पनीका सेल्स म्यानेजर नुमेन्द्र पौडेलले जानकारी दिए । कम्पनीले आफनो सामाजिक उतरदायित्वको भूमिका निर्वाह गर्न र निर्माणकर्मीको परिवारको पनि सुरक्षाको जिम्मेवारीको महसुसगरी कार्यक्रम ल्याएको पौडेलले बताए ।

उक्त कार्यक्रमलाई अझै प्रभावकारी र फलदायी बनाउनका “एक्सपर्ट मेसन क्लब”मा आवद्ध निर्माणकर्मीहरुलाई उपहारसहित पास बुक समेत वितरण गरेको कम्पनीले बताएको छ । यस योजना अन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका कुनै पनि उत्पादनहरु खरीद गरी योजनामा सहभागी हुन सकिनेछ ।

कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनका लागि देशका विभिन्न स्थानहरु काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आँबुखैरेनी, लमजुङ, पोखरा, दमौली, वालिङ, नारायणगढ, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुस्मा, जीतपुर, शीतलनगर, बुटवल, स्याङ्जामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

अहिलेसम्म कम्पनीले २५ सयभन्दा बढी निर्माणकर्मीहरुलाई क्लवमा आवद्ध गरिसकेको वृज सिमेन्टले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?