Comments Add Comment

४० किलो चाँदीसहित एकजना रौतहटबाट पक्राउ

५ असोज, रौतहट । प्रहरीले ४० किलो चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-२ का ३५ वर्षीय बिध्यानन्द साह सोनार रहेका छन् ।

मंगलबार बिहान ७:३० बजे गौर नगरपालिका वडा-४ गौर बसपार्कमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले उनलाई पक्राउ हो ।

उनको साथबाट ३९ लाख ४४ हजार मूल्‍य बराबरको ४० केजी चाँदी बरामद गरेको छ । पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पटाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment