+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘महानायक’ विवादमा हमाल लेख्छन्- कर्म सही गर

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते ११:५५

नेपाली चलचित्रमा नायक/नायिकालाई दिइने विभिन्न खालका उपाधि सधैं चर्चामा रहन्छ । कलाकारलाई दिइने उपाधिमा प्रश्न चिन्ह पनि उठिरहेका छन् । नायक राजेश हमाललाई दिइएको ‘महानायक’ र नायिका करिश्मा मानन्धरलाई दिइएको ‘महानायिका’ उपाधिमा सधैं नै विवाद भएको पाइन्छ । २ दिन अगाडि मात्र नायक भुवन केसी र शिव श्रेष्ठले नायिका गौरी मल्ललाई ‘महानायिका’को उपाधि दिएपछि यसको चर्चा भयो । कसैले यी दुई कलाकारको कुरामा सहमति जनाए भने कतिपयले विरोध गरे ।

जे होस्, फेरि एकपटक ‘महानायक र महानायिका’को विवाद सतहमा आएको छ । नायक राजेश हमालले यो विषयमा खासै मुख खोलेका छैनन् । हमालले आफूलाई सोझै ‘महानायक’ नभने पनि दर्शकले दिएको माया भनेका छन् ।

भुवन र शिवले ‘महानायक’को उपाधिमाथि नै प्रश्न सोझ्याउँदै एकअर्कालाई यो उपाधि दिइरहेको बेला नायक राजेश हमालले घुमाउरो शैलीमा यसको जवाफ दिन खोजेका छन् । उनले लेखेका छन्, ‘कर्म सही गर, फल प्राप्त हुनेछ ।’

हमालको यो कुराले पनि राम्रो काम गर्‍यो भने फल आफैं प्राप्त हुने भन्दै यसमा ठूलो स्वरले कराउन आवश्यक नरहेको आशय स्पष्ट झल्कन्छ । कतै हमालले शिव र भुवनलाई घुमाउरो तरिकाले जवाफ दिन खोजेका त होइनन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?