+
+

दुई वर्षसम्म फिल्मका लागि डेट छैन, मानिसहरु बेरोजगार भन्दैछन् : तापसी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १२:२३

नायिका तापसी पन्नु सामाजिक संजालमा मानिसहरुले दिने विभिन्न प्रतिक्रियाको समय–समयका जवाफ दिइरहेकी हुन्छिन् । तर, पछिल्ला केही समयदेखि भने तापसीले सामाजिक सञ्जाल चलाउन कम गरेकी छिन् । तापसीको सामाजिक सञ्जालको माध्यमबाट खुबै विवाद समेत भयो ।

सामाजिक सञ्जाल प्रयोग गर्ने एक समाज भने उनलाई अझै पनि ‘बेरोजगार’ नायिका भनिरहेका छन् । तर, तापसी यो कुरा मान्न तयार छैनन् । तापसीले भारतीय मिडियासँग कुरा गर्दै आफूसँग नयाँ चलचित्रका लागि २ वर्ष समय नभएको बताएकी छिन् ।

तापसीले भनेकी छिन्-‘म ट्रोलर्सलाई खासै महत्व दिन्नँ । किनकी, यहाँ कुनै पनि कलाकारको विरुद्धमा सोचविचार नै नगरी ट्रेन्ड चलेको पाइन्छ । उनीहरुसँग, कुनै पनि महत्वपूर्ण कुरा नै छैन । जब तपाई सफल हुनुहुन्छ, तब सबैको नजरमा पर्नुहुन्छ । जबकी मेरो हातमा सन् २०२३ सम्मका लागि चलचित्र छ । तर, मानिसहरु मलाई बेरोजगार भनिरहेका छन् । तर, यस्ता कुरामा प्रतिक्रिया दिँदा म आफूलाई सुरक्षित महशुस गर्छु ।’

तापसीले सामाजिक सञ्जालमा ट्रोल हुँदा परिवारलाई भने समस्या पर्ने बताएकी छिन् । तापसीले आफूले परिवारसँग कुरा गरेको र आफ्नो मनको कुरा राख्नका लागि पछि नहट्ने पनि उल्लेख गरेकी छिन् ।

उनले भनिन्-‘मलाई थाहा छ कि मेरो आवाज निक्कै शक्तिशाली छ । यसले, ठूलो प्रभाव पार्छ । यसकारण पनि मानिसहरु मेरो आवाज बन्द गर्न चाहन्छन् ।’

तर, आफू यस्ता कुराले मौन नबस्ने तापसीको भनाई छ । उनले, आफू र ट्रोलर्सको विचमा धेरै भिन्‍नता रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?