+
+
Shares

खाजा घरभित्र यौन व्यवसाय चलाएको आरोपमा नारायणगढबाट तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १९:४८

६ असोज, चितवन । खाजा घरभित्र यौन व्यवसाय चलाएको आरोपमा चितवनको नारायणगढबाट होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका–२ लायन्सचोकस्थित विकास खाजा घरमा कामदार राखिएकी महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल सञ्चालक धादिङको थाक्रे गाउँपालिका–३ का ४२ वर्षीय भोजबहादुर तामाङ, उनकी श्रीमती ३४ वर्षीय विपना तामाङ, होटलमा ग्राहक बनेर आएका बाराको बारागढी गाउँपालिका–६ सिहसनीका २८ वर्षीय राजेश चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उक्त खाजा घरमा महिलालाई राखी यौनधन्दामा संलग्न गराउने कार्य भइरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अनुसन्धानको क्रममा होटल सञ्चालक तामाङ दम्पतीले दुई महिलालाई लुगा धुने, खाना पकाउने, सरसफाइलगायतको काम दिन्छु भनेर फकाएर विभिन्न ग्राहकसँग यौनकार्यमा संलग्न गराउँदै आएको खुल्न आएको प्रहरीको भनाइ छ । प्रहरीले घटनामा संलग्न पीडित महिलाको भने उद्धार गरेको छ ।

पक्राउ परेका तीनै जना विरुद्ध मानव बेचबिखन मुद्दामा जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?