+
+

रामकुमारी झाँक्रीको प्रस्ताव : जबजबारे महाधिवेशनले निर्णय लिनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते २१:४७

६ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रामुकमारी झाँक्रीले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्तका रुपमा मान्नुपर्ने प्रस्ताव ल्याएकी छन् ।

केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलपछि जबजलाई मार्गदर्शक सिद्धान्त मानेर जानुपर्ने प्रस्ताव ल्याएकी हुन् ।अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद-लेनिनवाद रहने उल्लेख छ । उक्त प्रतिवेदनमाथि बुधबार समूहगत छलफल भएको थियो ।

पाँच वटा टोली बनाएर समूहगत छलफल भएको थियो । टोली नम्बर १ का टोली नेता झाँक्री थिइन् । समूहमा भएको छलफलको निष्कर्ष सुनाउँदै झाँक्रीले जबजले नै कम्युनिष्ट आन्दोलन अगाडि बढाएको बताएकी थिइन् ।

‘जबजबारे महाधिवेशनबाट निर्णय गरिनुपर्छ । अहिलेलाई मार्गदर्शक सिद्धान्तकै रुपमा स्वीकार गरिनुपर्छ’, एक नेताले भने । उनका अनुसार, छलफल र ब्यापक बिमर्श गरेर मात्रै यसबारे थप निर्णय गरिनुपर्ने प्रस्ताव झाँक्रीले प्रस्तुत गरेकी थिइन् ।

अध्यक्ष नेपालले ल्याएको राजनीतिक प्रतिवेदनमा भने पुष्पलालले नेपालमा माक्र्सवादलाई सिर्जनात्मक अभ्यास शुरु गरेको र मदन भण्डारीले सबिस्तार व्याख्या गरेको उल्लेख छ । ‘पार्टी अग्रजहरुले प्रस्तुत गर्नुभएको मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचारप्रति प्रतिबद्ध छ’, प्रतिवेदनमा छ । तर नेकपा एमालेले भने जबजलाई मार्गदर्शक सिद्धान्तका रुपमा मान्दै आएको छ ।

एकीकृत समाजवादीले भने जबजलाई आत्मसाथ गर्दै समाजवादी यात्रामा अगाडि बढ्नेगरी माक्र्सवाद-लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने प्रस्ताव गरेको छ । अध्यक्ष नेपालको यो प्रस्ताव प्रति फरक मत राख्दै झाँक्री नेतृत्वको टोलीले जबजलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने प्रस्ताव गरेको हो ।

अन्य टोलीले भने राजनीतिक प्रतिवेदनमा आएको प्रस्तावमै सहमति जनाएको थियो । टोली नेताहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष नेपालले भने जबज माक्र्सवादको सिर्जनात्मक प्रयोगको एक अध्याय भएको बताए ।

जबजलाई देवत्वकरण र कुरुपीकरण नभइ सिर्जनात्मक प्रयोग गरिने बताए । ‘न हामी जबजको देवत्वकरण गर्छौ, न त्यसको कुरुपीकरण । हामी जबजलाई विकसित गर्नेर्छौ, त्यसलाई समृद्ध पार्नेर्छौ’, अध्यक्ष नेपालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?