+

मिस्टिक माउन्टेन टेनिस कात्तिक तेस्रो साता, खुला विधा थप

२०८२ कात्तिक  १२ गते १७:४६ २०८२ कात्तिक १२ गते १७:४६
मिस्टिक माउन्टेन टेनिस कात्तिक तेस्रो साता, खुला विधा थप

News Summary

Generated by OK AI. Editorially reviewed.
  • होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिता कात्तिक १८ गतेदेखि हुने भएको छ ।
  • प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी कूल १६ स्पर्धा समावेश छ ।
  • नेपाल टेनिस संघको सहयोगमा हुने प्रतियोगिता सातदोबाटोस्थित टेनिस कोर्टमा हुनेछ ।

२ कात्तिक, काठमाडौं । होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिता कात्तिक १८ गतेदेखि हुने भएको छ ।

पाँच दिन सञ्चालन हुने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइनेछ ।

प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी कूल १६ स्पर्धा समावेश गरिएको प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । जसमा करिब २ सय खेलाडीको सहभागिता रहने छ ।

यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज-गर्ल्स सिंगल्स तथा यु-१६ ब्वाइज-गर्ल्स डबल्समा खेल हुनेछ । यस्तै खुलामा पुरु र महिला सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।

दोश्रो संस्करणमा उमेरसमूहको स्पर्धालाई निरन्तरता दिदै खुला स्पर्धा थप गरिएको हो । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ ।

नेपाल टेनिस संघको सहयोग तथा जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) को संयोजनमा हुन लागेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

पहिलो संस्करणको पुरस्कार राशीमा दोब्बर भन्दा बढीले बृद्धि गरिएको हो । पहिलो संस्करणको कुल पुरस्कार राशी १ लाख ११ हजार रुपैयाँ रहेको थियो । प्रतियोगिताको बजेट करिब ६ लाख रहेको आयोजकले जनाएको छ  ।

 

मिस्टिक माउन्टेन टेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय