काठमाडौं । मार्कोस असेन्सियोको ह्याट्रिक गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा मायोकामाथि ६-१ को शानदार जित हात पारेको हो ।
रियलका लागि करिम बेन्जामाले दुई गोल गरे भने इस्कोले पनि एक गोल गरे ।
घरेलु मैदानमा जितपछि रियल एट्लेटिको मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लिएको छ ।
सान्टियो वर्नाबेउमा भएको खेलको तेस्रो मिनेटमै बेन्जामाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि असेन्सियोले २४औं,२९औं र ५५औं मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गरे । ला लिगामा उनको यो पहिलो ह्याट्रिक हो ।
बेन्जामाले ७८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा इस्कोले ८४औं मिनेटमा गोल गरे । मायोकाका लागि २५औं मिनेटमा काङ इन लिले गोल गरेका थिए । बेन्जामाले ला लिगामा २००औं गोलसमेत पूरा गरेका छन् ।
जितपछि ६ खेलबाट १६ अंक जोड्दै रियल शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट १४ अंकसहित छिमेकी एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ । मायोर्का ६ खेलबाट ८ अंकसहित १०औं स्थानमा छ ।
ला लिगाकै अर्को खेलमा सेभियाले भ्यालेन्सियालाई ३-१ ले पराजित गरेको छ । सेभिया पाँच खेलबाट ११ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । ६ खेलबाट १० अंकसहित भ्यालेन्सिया चौथो स्थानमा छ ।
प्रतिक्रिया 4