+
+

कटुवा पेस्तोल र गोलीसहित रौतहटबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १२:१७

७ असोज, रौतहट। प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका-२ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनार रहेका छन् ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोली बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?