+
+

अशोक लेलैण्ड दसैं तिहारको बहार, स्योर सटको साथमा बम्पर उपहार

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १३:१८

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्सले दशैं तिहारलाई लक्षित गरी ‘दशैं तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।

ग्राहकको माग अनुसार नै कम्पनीले यो योजनालाई बजारमा ल्याएको आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए । यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लैजान सकिने उनले बताए ।

अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टीभीका साथै क्यास डिस्काउन्ट पाउन सकिने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले प्रत्येक आईसीभी हौलेज, एमसीभी टिप्पर वा बस खरिदमा ३० ग्राम सुन अथवा आईफोन १२ प्रो म्याक्स अथवा टीभीएस एनटीओरक स्कुटर पाउन सक्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार माथि उल्लेखित गाडीहरु मध्ये आईसीभी हौलेज, एमसीभी टिपर वा बस मध्य एकै पटक दुई वटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा एप्पल म्याक बुक प्रो साथै आईफोन १२ प्रो म्याक्स अथवा रोयल इनफिल्ड ३५० सीसी बुलेट बाइक पाउन सक्नेछन् । कुनै पनि एचसीभी साथै आईसीभी टिपरको एक वटा गाडी खरिदमा ३० ग्राम सुन अथवा आईफोन १२ प्रो म्याक्स अथवा टीभीएस एनटीओरक स्कुटर पाउन सक्नेछन् ।

त्यस्तै गरी दुई वटा एचसीभी र आईसीभी टिपरको खरिदमा ६० ग्राम सुन तोला सुन अथवा एप्पल म्याक बुक प्रो र आईफोन १२ प्रो म्याक्स अथवा रोयल इनफिल्ड ३५० सीसी बुलेट बाइक पनि पाउन सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो योजन अन्तर्गत बम्परमा तीन जान भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्व लक्षित यो योजना मंसिर ३० गतेसम्म मात्र लागु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?