+
+

मकवानपुरमा ट्रकमा भेटियो १७५ किलो गाँजा, दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १५:५३

७ असोज, मकवानपुर । मकवानपुर प्रहरीले १७५ किलो लागुऔषध गाँजा र ट्रकसहित दुईजनालाई पक्राउ गरेको छ ।

बिहीबार दिउँसो १२ बजेको समयमा हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पालुङ तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना ३ ख ५९५० नं. को ट्रकलाई चेकजाँच गर्दा १७५ किलो लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्रकचालक भिमफेदी गाउँपालिका-९ का ३१ वर्षीय मवहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका ३ का २४ वर्षीय प्रशान्त कार्की रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले १७५ किलो गाँजा बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?