+
+

ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १६:२५

७ असोज, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् ।

ललितपुर प्याट्रिओट्सका कप्तान रहेका मल्लले व्यक्तिगत कारणबाट ईपीएल खेल्न नसक्ने भनी क्लबलाई जानकारी गराएका छन् ।

ललितपुर प्याट्रिओट्सले बिहीबार एक विज्ञप्ति जारी गरी कप्तान मल्लले क्लबका सिईओ निरज कोइरालालाई इमेल लेखी आफूले यो संस्करणको ईपीएल खेल्न नसक्ने जानकारी गराएका छन् ।

ईपीएल असोज ९ देखि २३ गतेसम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?