+
+

ब्रुनोले पेनाल्टी गुमाउँदा म्यानचेष्टर युनाइटेड एस्टन भिल्लासंग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ९ गते १९:५२

९ असोज, काठमाडौं ।  प्रिमियर लिगमा शनिबार म्यानचेष्टर युनाइटेड एस्टन भिल्लासंग १-० ले पराजित भएको छ । ब्रुनो फर्नान्डेजले इन्जुरी टाइममा प्राप्त पेनाल्टी गुमाउँदा युनाइटेडले हार बेहोर्न बाध्य भयो ।

जारी सिजन युनाइटेडको यो पहिलो हो ।  युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलको ८८ औं मिनेटमा कोर्टने हाउसले गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए ।

इन्जुरी टाइममा एस्टन भिल्लाका गोलकर्ता हाउसले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि भीएआरको सहायतामा युनाइटेडले पेनाल्टी पाएको थियो । तर ब्रुनोले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार पोष्ट भन्दा बाहिर गयो ।

हारपछि युनाइटेड ६ खेलबाट १३ अंकसहित चौथो स्थानमा छ । एस्टन भिल्ला ६ खेलबाट १० अंक जोड्दै सातौं स्थानमा उक्लेको छ ।

प्रिमियर लिगमा शीर्ष चारवटै टिमको समान १३ अंक छ । शीर्ष स्थानको लिभरपुलले एक खेल कम खेलेको छ । म्यानचेष्टर सिटी र चेल्सी क्रमश: दोस्रो र तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?