+
+

चीनको नम्बर १ अटोमोबाइल ब्रान्ड चांगन अटो काठमाडौंमा आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ९ गते २०:४२

अटोमोबाइलको दुनियाँमा एक अग्रणी ब्रान्ड, चांगन अटो काठमाडौंमा एक विश्वस्तरीय शोरूमसँग आउँदैछ । चांगन अटोमोबाइल तीव्र गतिमा बढिरहेको एक ग्लोबल अटोमोबाइल कम्पनी हो, जुन ६० भन्दा बढी देशहरुमा पहिचान बनाउन सफल भएको छ ।

आफुलाई सर्वोत्तम बनाउन कम्पनीले आफ्नो सेवा र सुविधाको गुणस्तर कायम गर्दै डिजाइन र प्रविधिमा विशेष जोड दिएको छ । काठमाडौं शहरको मुटुमा चांगनको शोरुम पर्याप्त पार्किंग क्षेत्र सहित ३ रोपनीको क्षेत्रफलमा निर्माण गरिनेछ ।

यस कम्पनीको निर्माण हुनलागेको विलासी डिजाइनको शोरुम दुवै भित्र र बाहिरबाट उच्चस्तरीय हुने भएकाले यसले ग्राहकहरुको अनुभवमा नयाँ परिभाषा दिने कम्पनीको दावी छ। यस शोरुमले गुणस्तरीयता अनुभूतिको महसूस गराउँदै सम्पूर्ण नेपाली बजारमा एक बेग्लै किसिमको छाप छोड्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?