+
+

‘तमोरको सुसेली’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १२:०९

१० असोज, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा कथाकार लक्ष्मीकिशोर सुबेदीको कथा सङ्ग्रह ‘तमोरको सुसेली’को लोकार्पण भएको छ ।

शिक्षाविद् खगराज बराजको प्रमुख आथित्यतामा सम्पन समारोहको अध्यक्षता चर्चित आख्यानकार भुवनहरि सिग्देलले गरेका थिए । सभामा उपस्थित नाटककार अशेष मल्ल, मदन पुरस्कार विजेता महेशविक्रिम शाह, साहित्यकार अरुण सुबेदी, लेखककी आमा र लेखक स्वयंले सयुक्त रूपमा पुस्तकको लोकार्पण गरे ।

पुस्तकमाथि बोल्दै मदन पुरस्कार विजेता लेखक शाहले आञ्चलिक, शिक्षक र विद्यार्थीको सम्बध र यौन मनोविज्ञानको समिश्रण रहेकोले पुस्तक सबैले पढन उपयुक्त रहेको बताए ।

नाटककार अशेष मल्लले आफू जन्मिएको ठाँउको कथाहरू भएकोले कथाहरू मन परेको र आफ्नो बालापनको सझना गराएको बताएका थिए ।

नेपाल सरकारका पुर्वसचिव तथा साहित्यकार खगराज बरालले कथाहरू पढ्दै जाँदा समय सकिएको थाहा नहुने र कथाभित्र रहेका संवादहरू दार्शनिक रहेको र कथा सबैले पढन योग्य रहेको बताए।

‘शिखा बुक्स’ले प्रकाशन गरेको पुस्तकको बजारको मूल्य ३ सय ७५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?