
सामसुङले आफ्नो एम सिरिजको नयाँ स्मार्टफोन लञ्च गरेको छ । युरोपेली मुलुक पोल्याण्डमा सामसुङले ग्यालेक्सी एम-५२ स्मार्टफोन सार्वजनिक गरेको छ । यो फाइभ जी फोनमा १२० हर्जको एमोलेड डिस्प्लेका साथै तिनवटा मुख्य क्यामरा (ट्रिपल रियर क्यामरा सेटअप) रहेका छन् ।
सामसुङको वेबसाइट अनुसार Galaxy M52 5G छन् फोन कालो, सेतो र निलो गरी तीनवटा रङमा उपलब्ध हुनेछ । यसमा इन्टरनल स्टोरेज १२८ जिबीको हुनेछ ।
ग्यालेक्सी एम ५२ मा ६ गिगाबाइट क्षमताको र्यामसँगै क्वालकोम स्नापड्रागन ७७८जी अक्टाकोर प्रोसेसर रहेको छ । फोनको मूल्य भने वेबसाइटमा खुलाइएको छैन ।
यो फोन एन्ड्रोइडमा आधारित One UI अपरेटिङ सिस्टमबाट चल्नेछ । एप्पलले हालै आफ्नो नयाँ आइफोनमा जोडतोडका साथ प्रचार गरेको १२० हर्ज रिफ्रेस रेटको डिस्प्ले यो फोनमा पनि उपलब्ध छ । यो स्मार्टफोनमा ६.७ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको छ ।
ग्यालेक्सी एम ५२ फोन खासगरी क्यामराका कारण विशेष हुने देखिएको छ । यसको पछाडिको भागमा रहेका मुख्य तिनवटा क्यामरा मध्ये एउटा ६४ मेगापिक्सेलको प्राइमरी क्यामरा छ भने दोश्रो १२ मेगापिक्सेलको अल्ट्रावाइड एंगल क्यामरा र तेश्रो पाँच मेगापिक्सेलको म्याक्रो क्यामरा रहेको छ । त्यस्तै यो फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।
यो फोनमा साइडमा फिंगरप्रिन्ट सेन्सर रहेको छ । ब्याट्री क्षमता ५००० मिलिएम्पिएर आवर छ भने २५ वाटको फास्ट चार्जिङ प्रविधि पनि यसले सपोर्ट गर्दछ ।
एजेन्सी
प्रतिक्रिया 4