
काठमाडौं । दशैं तिहारलाई लक्षित गर्दै टीभीएसले ल्याएको ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना अन्तर्गत सप्तरीका राजकुमार साहले १० लाख रुपैयाँ जितेका छन् ।
उनले टीभीएस एपाची आरटीआर १६० ४भी खरिद गरेका थिए । अपाची खरिद गर्नु अघि नै उनले ७ हजार रुपैयाँ समेत हात पारेका थिए । अपाची खरिद गर्ने क्रममा भने साहले १० लाख जितेको कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्स टीभीएसलाई धन्यबाद दिँदै साहले भने, ‘१० लाख रुपैयाँ जितेको खबर सुन्दा पत्यारै नै लागेको थिएन । यो धनराशीले मेरो चाडबाडलाई अझ बढी खुसीमय बनाउने छ ।’
६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुनेगरी आकर्षक उपहारहरु प्राप्त गर्ने कम्पनीको दावी छ ।
भदौ १० गतेदेखि शुरु भएको यो योजना चाडपर्वहरुको समापन पछि स्वतः समाप्त हुनेछ ।
चाडपर्वको समयमा ग्राहकको जीवनमा थप उत्साह भर्न यस योजनाले एक पटक, दुइ पटक मात्र नभएर पूरै ६ पटकसम्म प्राइजको सरप्राइज प्रदान गर्ने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकले किन्दै नकिनी टीभीएस नेपाल डटकम/दशैंमा गएर रु.१ लाखसम्म जित्न सक्नेछन् भने सवारी खरिद १० लाखसम्मको भारी नगद हात पार्न सक्नेछन्।
यस्तै दैनिक एक थान रियलमी सी२० स्मार्ट फोन पनि ग्राहकका लागि उपहार स्वरुप, यस योजना अन्तर्गत राखिएको छ।
यसैगरी यस योजनाले ग्राहकलाई हरेक हप्ता शत प्रतिशत क्यास ब्याकको अफर समेत राखेको छ । जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टीभीएस एपाची आरआर ३१० पाउने सुवर्ण अवसर रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यस योजनाको मुख्य सरप्राइज चाहिँ यसको बम्पर प्राइज नै रहेको र जहाँ १ जना भाग्यमानी ग्राहकले योजनाको अन्त्यमा टीभीएसको सवारीसँगै प्रोटोन सागा कार घर लैजाने छन् ।
योजना अवधि भर सम्पूर्ण बिजेताको छनौट प्रत्यक्ष गोलाप्रथामार्फत हरेक आइतबार साँझ ७ बजे हिमालयन टीभीबाट प्रसारण हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4