+
+

नेपाल स्काउटको तदर्थ समिति खारेज

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते २०:१६

१० असोज, काठमाडौं । सरकारले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले शुक्रबारको मन्त्रीस्तरीय निर्णयका आधारमा लोकबहादुर भण्डारी नेतृत्वको ५ सदस्यीय तदर्थ समिति खारेज गरेको हो ।

भण्डारीले पनि पत्र आएको स्वीकार गरे । ‘तदर्थ समिति खारेज गरेको भनेर पत्र अफिसमा आएको खबर पाएको छु, भोलि पत्र बुझ्छु,’ भण्डारीले अनलाइनखबरसँग भने ।

अघिल्लो सरकारले तत्कालीन समिति खारेज गरेर १६ पुसमा भण्डारीको संयोजकत्वमा तदर्थ समिति बाएको थियो । समितिको सदस्यहरुमा शिवबहादुर भण्डारी, विजेन्द्र ध्वजु, इन्द्रभूषण यादव (अधिकारी) र सीमा कर्ण थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?