
११ असोज, सप्तरी । हर्न जोड्ने क्रममा करेन्ट लागेर सप्तरीमा सोमबार एक युवकको मृत्यु भएको छ ।
जिल्लाको खडक नगरपालिका वडा-२ बेल्हामा जितिया सम्बन्धी कार्यक्रमका लागि लाउडस्पिकर (हर्न) जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको हो।
मृत्यु हुनेमा स्थानीय २२ बर्षीय दिपेन्द्र मण्डल रहेको वडा अध्यक्ष रामअबतार साहले जानकारी दिए । करेन्ट लागेर सिकिस्त भएका मण्डललाई उपचारका लागि सिरहाको लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको साहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4