Comments Add Comment

साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स पुग्याे नेपाली टाेली

काठमाडौं । साफ च्याम्पियनसिप खेल्न नेपाल राष्ट्रिय पुरुष फुटबल टिम सोमबार माल्दिभ्स पुगेकाे छ । १३ औं संस्करणकाे साफ च्याम्पियनसिप आागामी अक्टाेबर १ देखि १५ अर्थात असाेज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुँदैछ ।

कतारमा बन्द प्रशिक्षणमा रहेकाे नेपाली टाेली उतैबाट माल्दिभ्स गएकाे हाे । नेपालले साफकाे पहिलाे दिनमै घरेलु टाेली माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ ।

५ देशमात्र सहभागी रहेकाेले यस पटक सिंगल राउण्ड राेविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ । नेपालले साफकाे तयारी स्वरुप आइतबार कतारमा ओमानसंग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल ७-२ ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment