+
+

संयुक्त राष्ट्रसंघको महासभामा अफगानिस्तानको प्रतिनिधित्व किन भएन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १२:४१

१२ असोज, काठमाडौं। अफगानिस्तानको तर्फबाट यसवर्ष संयुक्त राष्ट्रसंघको महासभामा कसैले पनि प्रतिनिधित्व गरेनन् । अफगानिस्तानको पूर्ववर्ती सरकारले छानेको राष्ट्रसंघका स्थायी प्रतिनिधि गुलाम इसकजाईले आफ्नो नाम फिर्ता लिएका छन् ।

उनले राष्ट्रसंघमा अफगानिस्तानलाई कब्जामा लिएर शासन चलाइरहेको तालिबानलाई चुनौती दिन सक्ने अपेक्षा गरिएको थियो । तर, उनले महासभाबाट आफ्नो नाम फिर्ता लिएको राष्ट्रसंघका प्रवक्ताले बताएका छन् ।

राष्ट्रसंघका प्रवक्ताले दिएको जानकारीअनुसार इसकजाईले आफ्नो नाम फिर्ता लिनुको कारण भने बताएका छैनन् । गत साता तालिबानले राष्ट्रसंघका महासचिव एन्टनियो गुटेरसलाई पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने माग राखेको थियो ।

उक्त पत्रमा असर्फ घानीको सरकारका प्रतिनिधि रहेका असकजाईले अब अफगानिस्तानको प्रतिनिधित्व नगर्ने उल्लेख गरिएको थियो । तालिबानले सुहेल शाहिनलाई राष्ट्रसंघमा आफ्नो स्थायी प्रतिनिधि मनोनित गरिएको बताएको थियो ।

राष्ट्रसंघले भने इसकजाईलाई नै अफगानिस्तान मिसनको प्रमुख मान्दै आएको छ । तालिबानलाई महासभाको बैठकमा भाग लिन दिने विषयमा अमेरिका, रुस र चीनसहित नौ सदस्य रहेको एक समितिले निर्णय गर्नुपर्ने थियो तर छोटो समयको कारण उक्त समितिको बैठक बस्न सकेको थिएन ।

गत अगष्टमा तालिबानले असरफ घानीको सरकारलाई हटाउँदै अफगानिस्तानमा कब्जा गरेको थियो । यद्यपि तालिबानको सरकारले अझै पनि अन्तर्राष्ट्रिय मान्यता भने पाएको छैन ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?