+
+

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट

रासस रासस
२०७८ असोज १२ गते १५:१२
फाइल तस्वीर

१२ असोज, जाजरकोट । जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिँदैछ । स्वास्थ्य कार्यालयले ७५ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट खरिद गरेर जडान गरिरहेको अस्पताल विकास समितिकी अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिइन् ।

प्लान्ट स्थापनापछि जाजरकोटबाट अक्सिजन भर्नकै लागि नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छ । अघिल्लो पटक भएको बोलपत्र आह्वानमा ठेकेदारले ठेक्का लिए पनि प्लान्ट खरिद गर्न नसक्दा बजेट फ्रिज भएको थियो । जिल्ला अस्पताललाई ५० शय्याका रुपमा विकाससँगै नयाँ प्राविधि थप्ने क्रम जारीे छ ।

शय्या थपसँगै नयाँ भवन पनि निर्माणाधीन रहेको बस्नेतको भनाइ छ । भवनमा समेत अर्को अक्सिजन प्लान्ट राख्ने डिजाइनमै भएकाले जिल्लामा अब दुईवटा प्लान्ट हुने जनाइएको छ ।

अहिले जडान भइरहेको प्लान्टबाट प्रतिदिन ४० लिटरका ४५ सिलिन्डर भर्न सकिने कार्यालय प्रमुख टीकाराम जैसीले बताए । यहाँ जडान गरिएको प्लान्टले छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिमका केही भागलाई समेत सहयोग पुग्ने जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?