+
+

ओलम्पियन्स संघकाे अध्यक्षमा दीपक विष्ट निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १६:०९

१३ असोज, काठमाडौं । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित भएका छन् ।

संघकाे नयाँ कार्यसमितिका लागि बुधबार भएको निर्वाचनमा नेपाल ओलम्पिक कमिटीका पूर्व उपाध्यक्ष समेत रहेका रविराज थापालाई पराजित गर्दै तेक्वान्दोका कीर्तिमानी खेलाडी विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा भएको निर्वाचनमा विष्टले ४१ भोट प्राप्त गर्दा थापाले ४ भोट मात्र पाए ।

यस्तै संघको उपाध्यक्षमा प्रवीण तुलाधर निर्वाचित भए । महिला उपाध्यक्षमा संगिना वैद्य निर्विरोध निर्वाचित भइन् ।

महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा पनि निर्विरोध चयन भए ।

सदस्यमा राजकुमारी पाण्डे, विमला रानामगर, कान्छी माया कोजु, प्रमिला रिजाल, मुकुन्दहरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, सफल राम श्रेष्ठ र रन्जन श्रेष्ठ निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?