+
+

धनुषामा मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १७:१८

१३ असोज, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१८ औरहीबाट जनकपुर बजारतर्फ आइरहेको ज न प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा त्यसमा सवार सबै ३ जनाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार मृत्य हुने जनकपुरधाम उपमहानगरपालिका–११ का पुनालकुमार साहको मात्र पहिचान खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?