+
+
Shares

गुल्मीमा चट्याङ लागेर ९ जना घाइते, एकको अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते ११:४८

१४ असोज, गुल्मी। बुधवार राति गुल्मी जिल्लामा चट्याङ लागेर ९ जना घाइते भएका छन् ।

जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-३ को तोरीपाटा भन्ने स्थानमा चट्याङले लागेर एकैटोलका ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चट्याङले लागेर घाइते ९ जनामध्ये १ जनाको पाल्पामा र २ जनाको गुल्मी अस्पतालमा र ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चट्याङले लागेर घाइते १९ वर्षकी रिता नेपालीलाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । २२ वर्षकी गिता नेपाली, ५० वर्षका झके नेपालीको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

सामान्य घाइते २४ वर्षकी बालिक नेपाली, २८ की लक्ष्मी नेपाली, १९ की लक्ष्मी नेपाली, २२ वर्षकी सिता नेपाली, ३२ वर्षकी पार्वती नेपाली, २९ वर्षकी जल्पा नेपालीको स्थानीय स्वस्थ्य संस्थामा उपचार गरिएको प्रहरीले जनाएको छ।

चट्याङले लागेर तेजबहादुर नेपालीको एउटा गोरु मरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?