 
																			१४ असोज, काठमाडौं । प्रमुख विपक्षीको नाराबाजीका बीच महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा संसदमा पेश भएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठक शुरु हुनासाथ एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । सभामुख अग्नि सापकोटाले संसद सुचारु गर्न सहयोगका लागि पटकपटक आग्रह गरेका थिए ।
तर एमाले सांसदहरुले नाराबाजी कायमै राखेपछि सभामुखले प्रधानमन्त्रीको तर्फबाट महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन पेश गर्न कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिए । उनले प्रतिवेदन पेश गरे लगत्तै संसद बैठक १९ असोजसम्मका लागि स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4