+
+
Shares

संसदको निकासका लागि प्रधानमन्त्री र सभामुखले एमालेसँग छलफल गर्नुपर्‍यो : विशाल भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १५:३७
फाइल तस्वीर

१४ असोज, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद अवरोधको निकास निकाल्न प्रधानमन्त्री र सभामुखले आफ्नो पार्टीसँग छलफल गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएको समस्या समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निकास निकाल्नुपर्ने उनको भनाइ छ ।

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भट्टराईले अहिलेको संसद अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयका कारण भएको बताए ।

‘खास गरी नेकपा एमालेले उठान गरेका जे मुद्दाहरु हुन्, ती मुद्दाहरुको बारेमा सत्तापक्षले वा सभामुखज्यूले हाम्रा आपत्तिहरुलाई आधार बनाएर समाधानमुखी तरिकाले डाइरेक्ट संवाद गर्दा भइगयो नि किन अरु गठबन्धनलाई भेला पारेर, अरु सबैसँग साँच्ची राखेर हामीसँग उहाँले बस गर्नुपर्दैन, त्यो जरुरी हामी ठान्दैनौं, सिधा एमालेसँग संवाद भयो भने संवादका लागि सधैं खुल्ला छौं,’ उनले भने ।

नेता भट्टराईले राजनीतिक दल विभाजन सम्बन्धी विधेयक सरकारले संसदमा बेवारिसे छाडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानून विपरीत रहेको बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?