+
+

उत्तर कोरियाद्वारा एक सातामा दोस्रो मिसाइल परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते ११:४२

१५ असोज, काठमाडौं । उत्तर कोरियाले बिहीबार नयाँ एन्टि–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले पछिल्लो एक महिनामा गरेको यो चौथो मिसाइल परीक्षण हो ।

केही दिनअघि मात्र उत्तर कोरियाले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । यो मिसाइल परीक्षणमा परमाणु क्षमता पनि हुन सक्ने बताइएको छ ।

उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको विषयमा बोल्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यो परीक्षणले अस्थिरता र असुरक्षाको आशंका बढाएको बताएका छन् ।

उत्तर कोरियाले भने आत्मरक्षाको लागि हतियारको आवश्यकता पर्ने बताएको छ । उसले अमेरिका र दक्षिण कोरियाले ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप पनि लगाएको छ । उत्तर कोरियाले पछिल्लो समय गरेको परीक्षणले कडा प्रतिबन्धका बाबजुद उत्तर कोरियाले हतियार निर्माणको कार्य नरोकेको देखिएको छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले यो नयाँ एन्टि–एयरक्राफ्ट मिसाइलले निकै राम्रो युद्ध क्षमता प्रदर्शन गरेको बताएको छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?