+
+

मूर्ति सेलाएर फर्किदा जीप दुर्घटना, एकको मृत्यु, ६ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १८:०४

१५ असोज, सप्तरी । सप्तरीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

जितमहान भगवानको मूर्ति सेलाएर कोशी नदीबाट फर्किदैं गरेको स.१च १६६३ नम्बरको बोलेरो पूर्व पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका ११ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अग्निसाइर कृष्णासावरण गाउँपालिका ६ बस्ने ५० बर्षीय नारायण मोचीको मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उक्त दुर्घटनामा सोही ठाउँका ४२ बर्षीय सन्तोष विक, २८ बर्षीय सुरेन्द्र ठाकुर, २४ बर्षीय सन्तोष साह, २० बर्षीय रामअबतार साह, १६ बर्षीय सुजन साह र ५० बर्षीय रामचन्द्र राम घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?