+
+

साताको शेयर बजार : फाइनान्स कम्पनीले बेहोर्‍यो धेरै घाटा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते १९:०३

१६ असोज, काठमाडौं । साताको शुरुवात नै घटेर शुरु भएको शेयर बजार साताको एक दिनबाहेक सबै दिन घटेरै बन्द भयो । एक दिन उच्च अंकले बढे पनि बाँकी ४ दिन बजार घटेका कारण नेप्से परिसूचकमा ५ दिनमै २ सय २ दशमलव ९४ अंकको गिरावट आयो ।

साताको पहिलो दिन २ हजार ७ सय ५८ मा बन्द भएको नेप्से परिसूचक बिहीबार २ हजार ६ सय ३३ अंकमा झरेर सातालाई बिदा गरेको छ । सोमबार घटेर २ हजार ६ सय ८५ मा झरेको नेप्से परिसूचक मंगलबार २ हजार ६ सय १५ अंकमा झर्यो ।

बुधबारको कारोबारले भने लगानीकर्तामा केही आश देखाएको थियो । यस दिन ५० दशमलव ५८ अंकले बढेको नेप्से परिसूचक बिहीबारसम्म पनि टिक्न सकेछ । बिहीबार पुनः घटेर २ हजार ६ सय ३३ अंकमा झर्यो । ५ दिनमै नेप्से परिसूचक ७ दशमलव १५ अंकले घटेको छ ।

फाइनान्समा पहिरो

सातामा नेप्से परिसूचक ७.१५ प्रतिशतले घट्दा धेरै गुमाउनेमा फाइनान्स कम्पनीहरुका लगानीकर्ताहरु देखिएका छन् । यो समूहको परिसूचक १५ प्रतिशत भन्दा धेरैले घटेको छ । फाइनान्सको परिसूचक सातामा १५ दशमलव ३२ प्रतिशतले पहिरो गएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

दोस्रो धेरै गुमाउनेमा जलविद्युत् कम्पनीका लगानीकर्ताहरु देखिएका छन् । यो समूहको परिसूचक १०.३२ प्रतिशतले घटेको छ । यसैगरी विकास बैंक १०.३२ प्रतिशत, लगानी समूह ९.३६ प्रतिशत, निर्जिवन बिमा ७.१४, जीवन बिमा ७.२६, होटल तथा पर्यटन ७.१५ र बैंकिङ समूह ५.९७ प्रतिशतले घटेका छन् । माइक्रोफाइनान्स ५.९७ प्रतिशतले घट्दा उत्पादनमूलक ५.०३ र म्युचुअल फण्ड १.०५ प्रतिशतले घटेको छ ।

आइतबार सामूहिक लगानी कोषबाहेक अरु १२ उपसमूहको शेयर ओरालो लागे । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही रु ३३ करोड ९५ लाख ७३ हजार ६५५ बराबरको खरिद बिक्री भयो ।

सोमबार नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो । त्यसदिन नेप्से परिसूचक ७३.०५ अङ्कले ओरालो लागेर दुई हजार ६८५.४१ मा ओर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.९४ अङ्कले घटेर ५०६.३३ मा सीमित भयो ।

कूल २२७ कम्पनीको एक करोड चार लाख ७८ हजार ६८ कित्ता शेयर रु पाँच अर्ब १२ करोड नौ लाख ७३ हजार ९६ मा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ५९ अर्ब ११ करोड २३ लाख ९० हजार बराबर पुगेको थियो ।

त्यसदिन १३ वटै उपसमूहको शेयर ओरालो लाग्यो । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु १५ करोड ४९ लाख ७१ हजार २३० बराबरको कारोबार भयो । मङ्गलबार नेप्सेमा पहिरो लाग्यो भने बजार पूँजीकरण पनि घट्यो । त्यसदिन नेप्से ओरालो लागेर दुई हजार ६१५.४० मा ओर्लियो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.४२ अङ्कले घटेर ४९४.९१ मा ओर्लियो । कूल २१८ कम्पनीको एक करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर रु पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ मा खरिद बिक्री भए ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरणसमेत घटेर रु ३६ खर्ब ६१ अर्ब चार करोड ९८ लाख ७० हजारको हाराहारीमा पुग्यो । त्यसदिन कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लाग्यो ।

कारोबारका आधारमा शीर्ष स्थानमा रहेको कुमारी बैंकमा रु १८ करोड ८२ लाख २७ हजार २९६ बराबरको खरिद बिक्री भयो । बुधबार नेप्से परिसूचक ५०.५८ अङ्कले उकालो लागेर दुई हजार ६६५.९३ मा पुग्यो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५८ अङ्कले उकालो लागेर ५०३.४६ मा पुग्यो । नेप्से उकालो लागे पनि कारोबार रकम भने उकालो लागेन । कूल २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर रु पाँच अर्ब दुई करोड ८५ लाख ५५ हजार ९२ मा खरिद बिक्री भए ।

बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ३१ अर्ब ८४ करोड ८१ लाख ६० हजारको हाराहारीमा पुग्यो ।

त्यस्तै साताको अन्तिम दिन बिहीबार नेप्सेमा ३२ अङ्कको गिरावट आयो । नेप्से परिसूचक ३२.५१ अङ्कले घटेर दुई हजार ६३३.४२ अङ्कमा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४१ अङ्कले घटेर ४९७.०५ अङ्कमा पुग्यो ।

नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि ओेरालो लागेको छ । कूल २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर रु तीन अर्ब ७० करोड २९ हजार ५०७ मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका १३ उपसमूहमध्ये त्यसदिन तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर ओरालो लाग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?