+
+

दुई महिनापछि डोटीले पायो सिडिओ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते २०:०५

१६ असोज, डोटी । डोटी जिल्लामा दुई महिनापछि पहिलो पटक प्रमुख जिल्ला अधिकारी (सिडिओ) आउने भएका छन् ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी सुनिल खनाल साउन १० गते सरुवा भएर गृह मन्त्रालय गएपछि जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन भएको हो । राज पत्राङ्कित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीको दरबन्दी रहेको जिल्लामा खनालको सरुवा भएपछि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले निमित्त भएर काम गर्दै आइरहेकी छिन् ।

शनिबार गृह मन्त्रालयले शंकरबहादुर बिष्टलाई डोटीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । राजपत्रांकित द्वितीय श्रेणीका विष्ट हाल बाँके जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत छन् ।

दार्चुला र अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका विष्टलाई गृह प्रशासनको लामो अनुभव रहेको छ । उनी यसअघि डोटीमा सहायक प्रमुख जिल्ला अधिकारी रहिसकेका हुन । विष्टले साविकको सुदूरपश्चिमाञ्चल क्षेत्री प्रशासन कार्यालयमा निमित्त प्रशासकको जिम्मेवारी पनि सम्हालेका थिए ।

प्रमुख जिल्ला अधिकारी आउने भएपनि जिल्ला प्रशासन कार्यालय डोटीमा अधिकृतहरुको दरवन्दीमा भने पदपूर्ति भएको छैन । दुई अधिकृतको दरवन्दी रहेको जिल्लामा एक अधिकृत पद लामो समयदेखि रिक्त छ । प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल साउन २८ गते सरुवा भएर गएपछि अर्को दरबन्दी रिक्त भएको । करीव दुई महिनादेखि सहायक प्रमुख जिल्ला अधिकारी जोशी एक्लैले सबै जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।

जिल्ला प्रशासन कार्यालयमा राजपत्र अनङ्कित प्रथम श्रेणी, नासुको सात दरबन्दी छ । जसमा पाँच रिक्त छन् । त्यस्तै राजपत्र अनङ्कित द्वितीय श्रेणी खरिदार पदका चार दरबन्दीमध्ये तीन रिक्त छन् । दरबन्दी अनुसार कर्मचारी अभाव हुदाँ कार्यालय बाट दैनिक सेवा प्रवाहमा समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?