+

गणेश थापाले हेटौंडा उपमहानगरसँग गरेको सम्झौता रद्द

२०७८ असोज  १७ गते १६:१६ २०७८ असोज १७ गते १६:१६
गणेश थापाले हेटौंडा उपमहानगरसँग गरेको सम्झौता रद्द

१७ असोज, हेटौंडा । अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष गणेश थापाले फुटबल एकेडेमी स्थापनाका लागि हेटौंडा उपमहानगरपालिकासँग गरेको सम्झौता रद्द भएको छ ।

विश्व फुटबल महासंघ (फिफा)ले फुटबल गतिविधि गर्न प्रतिबन्ध लगाएको कारण देखाएर उपमहानगरपालिकाले सम्झौता रद्द गरेको जानकारी आफूले पाएको थापाले आइतबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बताए ।

थापा अध्यक्ष रहेको नेपाल खेलकुद संस्थााई फुटबल एकेडेमी सञ्चालन गर्न उपमहानगरपालिकाले २५ लाख रुपैयाँ दिने सम्झौता भएको थियो । तर दुई दिनपछि नै उपमहानगरपालिकाले सम्झौता रद्द गरेको हो ।

‘यस विषयमा उपमहानगरपालिकासँग जानकारी लिँदा विभिन्न सञ्चार माध्यममा आएका समाचार र केही व्यत्तिहरुबाट फिफाद्वारा प्रतिबन्ध लागेको व्यक्तिसँग सहकार्य गर्न नमिल्ने कारणले रद्द गरेको जानकारी प्राप्त गरेँ’ उनले भने, ‘निकै उत्साहका साथ सम्झौता भएको दुई दिनमा यसरी सम्झौता रद्द भएको सुन्दा निकै दुःख लाग्यो ।’

जिल्लाभरिका सबै गाउँपालिका र नगरपालिकाबाट छानिएका खेलाडीले खाने, बस्ने तथा शिक्षाको साथै फुटबल प्रशिक्षणको सम्पूर्ण जिम्मा लिने गरी एकेडेमी सञ्चालनको तयारी गरेको उनको भनाइ छ ।

थापाले आफ्नो कारणले फुटबल एकेडेमी सञ्चालन हुन नसक्ने हो भने आफू एक कदम पछि हट्न तयार रहेको पनि बताए ।

फिफाले आफूलाई आर्थिक अनियमितताको आरोपमा प्रतिबन्ध नलगाएको भन्दै थापाले तत्कालिन अध्यक्ष मोहम्मद विन हमामले व्यक्तिगत रुपमा दिएको पैसाको विषयमा आफूलाई आरोपित गरिएको जिकिर गरे ।

गणेश थापा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय