+
+

एमालेले सार्वजनिक गर्‍यो नयाँ लोगो र एप

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १७:५०

१५ असोज, काठमाडौं । नेकपा एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गरेका हुन् ।

एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ । यसअघि सूर्य चिन्हको बीचमा सीपीएन यूएमएल लेखेर हँसिया हथौडा  राखिएको थियो ।

एपले सबै कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार नयाँ सदस्यता एपमार्फत लिन सकिन्छ भने पार्टीले तोकेको शुल्क तिरेर सदस्यता नवीकरण गर्न सकिनेछ ।

उनका अनुसार पार्टीको निर्णय र अपानिहरु एपमार्फत सबै कार्यकर्तालाई एकसाथ दिइनेछ भने एपमा पार्टीका सबै कमिटी, जनवर्गीय संगठनको प्रोफाइल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?