+
+

पञ्जाबलाई हराउँदै बैंगलोर प्लेअफमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते २०:११

१७ असोज, काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को प्लेअफमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो खेलमा पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै बेंगलोरले प्लेअफमा स्थान पक्का गरेको हो ।

जितपछि बेंगलोर १२ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा छ । यसअघि नै चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्स प्लेअफ पुगिसकेको छ । सनराइजर्स हैदराबाद प्लेअफ होडबाट बाहिरिसकेको छ । अब बाँकी रहेका ४ टिममध्येबाट एक टिम मात्र प्लेअफ पुग्नेछ । बेंगलोरसँग हारपछि पञ्जाबको सम्भावना पनि कमजोर बनेको छ ।

कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र मुम्बई इन्डियन प्लेअफको होडमा छन् । यी तीनवटै टोलीसहित पञ्जाबको समान १० अंक छ । पञ्जाबले १३ खेल खेलिसकेको छ र अब एक खेल मात्र खेल्न बाँकी छ । कोलकाता, राजस्थान र मुम्बईले समान १२ खेल खेल खेलेका छन् ।

म्याक्सबेल र चाहालले जिताए बैंगलोरलाई

ग्लेन म्याक्सबेलले ब्याटिङ र युजभेन्द्र चाहालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि बेंगलोरले पञ्जाबमाथि ६ रनको रोमाञ्चक जित हात पारेको हो ।

बेंगलोरले दिएको १६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि ओपनर मायांक अग्रवालले ४२ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५७ रन बनाए । यस्तै कप्तान लोकेश राहुलले ३९ रन जोडे ।

पञ्जाबलाई अन्तिम ओभरमा जितका लागि १९ रन चाहिएकोमा १ विकेट गुमाएर १२ रन मात्र जोडेको थियो । बेंगलोरका लागि बलिङमा चाहालले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि शारजहाँमा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले म्याक्सबेलको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो । म्याक्सबेलले ३३ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५७ रन बनाए । ओपनर देवदत पडिक्कलले ४०, कप्तान विरा कोहलीले २५ र ए बी डे भिलियर्सले २३ रन जोडे ।

पञ्जाबका मोइसेस हेनरिकेज र मोहम्मद शामीले ३/३ विकेट लिए । ४ ओभर बलिङ गर्दा हेनरिकेजले जम्मा १२ रन मात्र खर्चिए भने शामीले ३९ रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?