१८ असोज, काठमाडौं । पेरिस सेन्ट जर्मनले गत सिजनमा कालियन एमबाप्पेलाई रियल मड्रिड जानको लागि अनुमति दिएन । एमबाप्पेले क्लबलाई यसअघि नै आफूले छाड्न चाहेको जानकारी दिए पनि अन्तत क्लबको निर्णय स्वीकार गरे । खेलाडी ट्रान्सफरको समयमा एमबाप्पे मौन बसे । अहिले भने यस विषयमा उनले मुख खोलेका छन् ।
‘मैले जानको लागि अनुमति मागेको थिएँ र त्यो अवस्थामा म सम्झौता नवीकरण गर्न चाहन्नथेँ’, एमबाप्पेले एक अन्तर्वार्तामा भनेका छन्, ‘क्लबले ट्रान्सफरको लागि आएको प्रस्ताव स्वीकार गरोस् र केही रकम आम्दानी गर्नुका साथै राम्रो खेलाडी ल्याउन सकोस् भन्ने चाहन्थेँ ।’
एमबाप्पेले समयमा नै क्लबले निर्णय गरेको भए क्लबलाई र आफूलाई पनि फाइदा हुन सक्ने एमबाप्पेको बुझाइ छ । ‘मलाई अगष्टको अन्तिमसम्ममा ट्रान्सफर हुन्छ वा हुँदैन भन्नेमा शंका भएकाले जुलाइको अन्तिममा नै मैले क्लबलाई जानकारी दिएको थिएँ’, एमबाप्पेले भने ।
एमबाप्पेले आफूलाई क्लबप्रति पनि सम्मान रहेको र उनीहरुले नचाहेको अवस्थामा क्लबमा नै बस्न पनि तयार रहेको बताएका छन् ।
उनले अहिले पनि आफू पीएसजी क्लबमा खुसी रहेको बताएका छन् । उनले क्लबले गरेको सम्झौता नवीकरणको प्रस्ताव अस्वीकार गरेको भन्ने समाचार पनि गलत भएको बताएका छन् ।
मार्काबाट
प्रतिक्रिया 4