+
+

राज र देलविससँग साम्राज्ञी र अलिसाको ‘माया पिरेम’मा छमछमी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते २१:३३

निर्देशक माइकल चन्द आकर्षक भिडियो बनाउन सिपालु छन् । कलाकारलाई फरक तरिकाले प्रस्तुत गर्दैै आएका माइकलले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पहिलो पटक भिडियोमा नचाएका छन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह, अलिसा शर्मा, देलविस दर्शनधारी र राज तुम्बाहाम्फेको मुख्य भूमिकामा तयार भएको ‘माया पिरेम’ बोलको गीतको भिडियोलाई माइकलले निर्देशन गरेका हुन् ।

यो गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर, शंकर स्माइलको संगीत, डीपी खनालको शब्द छ ।

गीतको भिडियोमा सिलन लम्सालको सम्पादन, उत्सव दाहालको छायांकन छ । भिडियोेबाट दुई नयाँ कलाकार देलविस र राजले संभावना देखाएका छन् । यी दुई कलाकार चाडै नै चलचित्र क्षेत्रमा पनि डेब्यू गर्ने तयारीमा छन् ।

साम्राज्ञी र अलिसाको नृत्यले पनि दर्शकको मन जित्छ । भिडियोलाई उत्कृष्ट बनाउन निर्देशक माइकल चन्द र निर्माण कम्पनी ट्री इन्टरटेन्मेन्टले कुनै कसर बाँकी राखेका छैनन् । भिडियोमा दिनेश दर्शनधारी र यशोधा राइको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?