+
+

इटलीको ३७ खेलको अपराजित यात्रा तोड्दै स्पेन नेशन्स कपको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते ८:३०

२१ असोज, काठमाडौं । फेरान टोरेसको दुई गोल मद्दतमा युरो विजेता इटलीलाई २-१ ले पराजित गर्दै स्पेन युईएफए नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा इटली घरेलु मैदानमै पराजित भएको हो । यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा इटलीको लगातार ३७ खेलको अपराजित यात्रासमेत टुङ्गिएको छ ।

सन् २०१९ सेप्टेम्बरमा पोर्चुगलसँग पराजित भएयता इटली ३७ खेलमा अपराजित थियो ।

सान सिरोमा भएको खेलमा फेरानले १७औं र पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए । इटलीका लागि लरेन्जो पेलेग्रिनीले ८३औं मिनेटमा एक गोल फर्काए ।

४२औं मिनेटमा लियोनार्दो बोनुचीले रातो कार्ड पाएपछि इटली १० खेलाडीमा समेटिएको थियो ।

यसं खेलमा स्पेनका १७ वर्षीय गाभीले राष्ट्रिय टिममा डेब्यु गर्दै स्पेनका लागि खेल्ने सबैभन्दा कान्छा खेलाडी बने ।

स्पेनले अब उपाधिका लागि फ्रान्स र बेल्जियमबीचको खेलको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?