+
+

इटहरीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १०:३९

२१ असोज, इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका-१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर बुधबार राति दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इनरुवा-२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला-२ का २० वर्षीय विभिषण विक रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२०प ६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लैजाने क्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ । ट्रक र चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका-९ का ३१ वर्षीय अर्जुन गिरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?