+
+

सानेपामा आमरण अनसन बसेका यादव वीर अस्पतालको आईसीयूमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १४:३२
आमरण अनसनमा बसेका रामगोविन्द यादव (दायाँबाट तेस्रो)

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा आमरण अनसनमा बसेका सर्लाहीका रामगोविन्द यादवको वीर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले उनलाई बुधबार अनसनस्थलबाट बलपूर्वक उठाएर अस्पताल लगेको थियो ।

यादवका आफन्तले भने प्रहरीले अस्पताल लैजाने भन्दै बेपत्ता पारेको आरोप लगाएका थिए । सर्लाहीका पूर्व सभासद एवं कांग्रेसका पूर्व जिल्ला सभापति लक्ष्मण राय यादवले यादवको वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको जानकारी दिए ।

‘मैले भर्खरै भेटेर आएँ, उहाँको स्वास्थ्य अवस्था ठीक छ,’ उनले अनलाइनखबरसँग भने ।

क्रियाशील सदस्यतालाई लिएर ७ दिनदेखि अनसनमा बसेका यादवको स्वास्थ्य अवस्था गम्भीर भएपछि पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रहरीलाई खबर गरेका थिए ।

बुधबार नै र अस्पताल पुर्‍याएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले यादवको स्वास्थ्यबारे पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए ।

सर्लाही–४ का रामगोविन्द यसअघि ९ दिन अनसन बसेका थिए । सहमहामन्त्री प्रकाशशरण महतले माग सम्बोधन गर्ने आश्वासन लिएपछि उनले अनसन तोडेका थिए । तर आफूहरुसँग भएको सहमति विपरीत क्रियाशील सदस्यता सूचीमा ३१ जना थपिएको भन्दै उनी फेरि अनसनमा बसेका थिए । कांग्रेसले सर्लाहीको क्रियाशील सदस्यता सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?