+
+

साफ च्याम्पियनसिपमा भारतकाे लगातार दाेस्राे बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १९:०७

२१ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेकाे साफ च्याम्पियनसिपमा भारत लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ ।

मालेस्थित नेशनल स्टेडियममा बिहीबार भएको खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेकाे हाे । पहिलाे खेलमा भारतले बंगलादेशसंग १-१ काे बराबरी खेलेकाे थियाे ।

लगातार बराबरीपछि भारत २ खेलबाट २ अंकसहित तेस्राे स्थानमा छ । ३ खेल खेलेकाे श्रीलंका १ अंक जाेड्दै चाैथाे स्थानमा छ । श्रीलंकाले यसअघि लगातार दुई खेल हारेकाे थियाे ।

नेपाल अहिलेसम्म खेलेकाे दुवै खेल जित्दै ६ अंक जाेडेर शीर्ष स्थानमा छ भने २ खेलबाटै ४ अंकसहित बंगलादेश दाेस्राेमा छ ।

अहिलेसम्म सर्वाधिक ७ पटक साफ जितेकाे भारतलाई लगातार बराबरीले दबाब थपिएकाे छ । ५ राष्ट्र सहभागी साफ च्याम्पियनसिपमा यसपटक राउण्ड राेविन लिगका आधारमा खेल भइरहेकाे छ ।

अब भारतकाे अर्काे खेल नेपालसंग खेल्नेछ । आगामी आइतबार हुने खेल जितेमा नेपाल फाइनल पुग्नेछ ।

आजै आयाेजक माल्दिभ्स र बंगलादेशबीचकाे खेल पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?