+
+

ईपीएलकाे व्यक्तिगत अवार्डमा चितवनको क्लिनस्वीप

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २३ गते १७:४३

२३ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ काे च्याम्पियन टिम चितवन टाइगर्सले व्यक्तिगत अवार्डमा पनि क्लिन स्वीप गरेकाे छ ।

चितवनका स्पीनर सागर ढकाल ईपीएलकाे म्यान अफ दि सिरिज घाेषित भए । यस्तै चितवनकै ब्याटर भीम सार्की इमर्जिङ प्लेयर घाेषित हुँदा कमलसिंह ऐरीले डेर टु ड्रिम अर्वाड प्राप्त गरे । सागरले पल्सर एनएस २०० सिसी माेटरबाइक प्राप्त गरे भने भीम र कमलले ५१–५१ हजार रुपैयाँ प्राप्त गरे ।

चितवनलाई च्याम्पियन बनाउने क्रममा सागरले ७ खेलबाट सर्वाधिक १४ विकेट लिएका थिए । उनले २६ ओभर बलिङ गर्दै १४७ रन खर्चिए ।

यस्तै कमलले ७ खेलमा १२ विकेट लिएका थिए । उनी सर्वाधिक विकेट लिनेमा दाेस्राे स्थानमा रहे ।

यसैगरी इमर्जिङ प्लेअर बनेका भीमले लिगमा दुई शतकसहित १९६ रन बनाए । उनी सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा रहे । भीमले फाइनलमा ६३ रन बनाएका थिए ।

शनिबार भएकाे फाइनलमा चितवनले पाेखरा राइनाेजलाई ४ विकेटले हराउँदै ईपीएलकाे चाैथाे संस्करणकाे उपाधि जितेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?