+
+

एमालेले माग्यो लेखा समितिको सभापतिको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १६:१५

२४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ ।

२०७४ को आम चुनावपछि प्रमुख प्रतिपक्षी दलको हैसियतमै कांग्रेसले यो समितिको सभापति पाएको थियो, भरतकुमार शाह सभापति छन् । तर अहिले कांग्रेसले गठबन्धन सरकारको नेतृत्व गरिरहेको छ भने एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा छ ।

समितिको आइतबार बसेको बैठकमा एमाले सांसदद्वय गोकुल बास्कोटा र राजेन्द्रप्रसाद गौतमले संसदीय परम्परा र नेपालको अभ्यास अनुसार पनि लेखा समितिका सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका हुन् । सांसद बास्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गर्दै समितिका सभापति शाहले राजीनामा दिनुपर्ने बताए ।

अर्का सांसद गौतमले पनि संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने बताए । सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने ठाउँ समिति भएको भन्दै उनले भने, ‘यसको अगुवाई र नेतृत्व प्रमुख प्रतिपक्षले गर्नुपर्छ ।’

लेखा समितिका सभापति शाहले भने यसबारे आफूले धेरै बोल्न नचाहेको प्रतिक्रिया दिएका छन् । विगतमा लेखा समितिको सभापतिले राजीनामा दिएको आफूलाई थाहा नभएको भन्दै उनले भने, ‘यो विषयको उठान गर्नु विपक्षको धर्म हो । यसले प्रजातन्त्र सुदृढ हुन्छ । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?