+
+

गुल्मीमा चिर्पटले हानेर महिलाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते २०:४५

२४ असोज, गुल्मी । गुल्मीमा एक जना महिलाको हत्या भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ दुबिचौरकी ५५ वर्षकी पार्वती विकको हत्या भएको हो ।

२५ वर्षको प्रकाश विकको चिर्पट प्रहारबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए ।

आइतबार बेलुकी बजारबाट घर फर्किने क्रममा घर नजिकै बाटोमा प्रकाश विकले चिर्पट दाउराले टाउकोमा हानेर घाइते महिलाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक उपाध्यायले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?