+
+

कैलालीमा भैंसी चोरेको आरोपमा पक्राउ परेका व्यक्ति प्रहरी हिरासतमा मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १२:३०
प्रतीकात्मक तस्वीर

२५ असोज, धनगढी । कैलालीमा एक युवक प्रहरी हिरासतभित्रै मृत अवस्थामा फेला परेका छन् । आइतबार भैंसी चोरी गरेको आरोपमा पक्राउ परेका सुर्खेतको चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर राना इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतको शौचालयमा सोमबार बिहान मृत फेला परेका हुन् ।

प्रहरी हिरासतभित्रको शौचालयको भेन्टिलेसनमा राना झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

‘प्रारम्भिक रुपमा हेर्दा भेन्टिलेसनको फलामे डण्डीमा आफ्नै गन्जीले पासो लगाएको अवस्थामा राना मृत फेला परेका छन्,’ एसपी अधिकारीले भने, ‘घटनाको अनुसन्धानका लागि म आफैं अहिले टीकापुर गइरहेको छु ।’

उनकाअनुसार जानकी गाउँपालिका–३ तोरैयापुरका स्थानीय किसान पुलुराम थारुको भैंसी चोरी गरेर लैजाँदै गरेको अवस्थामा लम्कीचुहा नगरपालिका–५ थापापुरमा फेला पारेर रानालाई प्रहरीको जिम्मा लगाइएको थियो । घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिएका बेला उनले हिरासतमै आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?