+

बेंगलाेरलाई हराउँदै काेलकाता क्वालिफायरमा

२०७८ असोज  २६ गते ८:३० २०७८ असोज २६ गते ८:३०
बेंगलाेरलाई हराउँदै काेलकाता क्वालिफायरमा

२६ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ काे एलिमिनेटरमा राेयल च्यालेन्जर्स बेंगलाेरलाई ४ विकेटले पराजित गर्दै काेलकाता नाइट राइडर्सले क्वालिफायरमा स्थान बनाएकाे छ ।

काेलकाताले अब फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग खेल्नेछ । यस खेलकाे विजेताले चेन्नाइ सुपर किंग्ससँग उपाधिका लागि खेल्नेछ ।

शारजहाँमा भएकाे खेलमा बेंगलाेरले दिएकाे १३९ रनकाे लक्ष्य काेलकाताले २ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गरेकाे हाे । काेलकाताकाे जितमा सुनिल नारिनले अलराउण्ड प्रदर्शन गरे ।

बेंगलोरलाई १३८ रनमा राेक्न ४ विकेट लिएका सुनिलले ब्याटिङमा २६ रन बनाए । काेलकताका लागि शुबमन गिलले २९ र वेनकाटेश अयेरले २६ रन बनाए ।

त्यसअघि कप्तान विराट काेहलीकाे ३९ रन मद्दतमा बेंगलाेरले १३८ रन बनाएकाे थियाे ।

आईपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय