+

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेल्न नेपाली वादोरियो कराते टोली भारत प्रस्थान

२०८२ माघ  १४ गते २०:४३ २०८२ माघ १४ गते २०:४३
अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेल्न नेपाली वादोरियो कराते टोली भारत प्रस्थान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली वादोरियो कराते टोली भारतको विसाखापटनम प्रस्थान गरेको छ।
  • प्रतियोगिता जनवरी ३० देखि फेब्रुअरी १ सम्म हुनेछ र पुरुष तथा महिला विभिन्न तौल वर्गमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
  • टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुभकामना दिंदै बिदाइ कार्यक्रम आयोजना गरेका थिए।

१४ माघ, काठमाडौं । नवौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली वादोरियो कराते टोली बिहीबार भारतको विसाखापटनम प्रस्थान गरेको छ ।

जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा राजु बुढाथोकी, ५५ केजीमा विसन थापा मगर, ४५ केजीमा रिजन बुढा मगर र ३० केजीमा शिशीर थापाले प्रतिस्पर्धा गर्ने छन् ।

महिला ६० केजीमा दिया पहरी तथा ४५ केजीमा स्वेता तारा गुरुङ सहभागी हुने छन् । अफिसियलमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक हरिशरण केसी र निर्णायकमा सागर काफ्ले छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

नेपाली वादोरियो कराते टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय